२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

खोटाङमा बिद्यालय हाताभित्र प्रधानाध्यापकलाई हातपात गर्ने तामाङ पक्राउ

खोटाङ । खोटाङमा प्रधानाध्यापकमाथि हातपात गर्ने एक ब्यक्ति पक्राउ परेका छन ।

ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर-२ बाकाचोलको बौद्ध आधारभुत बिद्यालयका प्रधानाध्यापक बल बहादुर दाहाललाई बिद्यालय हाताभित्र हातपात गर्ने सोही ठाउँका ४८ वर्षीय सन्तबिर तामाङ पक्राउ परेका हुन।

दाहालले आफ्नो मान्छेलाई सेटिङ गरेर बिद्यालयमा शिक्षक बनाएको भन्दै तामाङले हातपात गरेको बुझिएको छ।
पीडित प्रधानाध्यापकले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएलगत्तै तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायव निरीक्षक मन्जिल मुकारुङले जानकारी दिए। उनलाई अभद्र व्यबहारसम्बन्धी मुद्दा  दर्ता गरेर कारबाही अगाडि बढाइएको मुकारुङको भनाई छ।

पीडित प्रधानाध्यापक दाहालले भने बिद्यालयमा शिक्षक राखिएको तर आफ्नो मान्छे नभई गाउँपालिकाको कार्यपालिकालिकाको निर्णय अनुसार शिक्षक नियुक्ति गरिएको बताए। राहत दरबन्दी कोटामा कुमार तामाङलाई नियुक्ति गरिएको हो। पालिकाले बिस्थापित शिक्षकलाइ स्थापित गर्नु भनेपछि उनलाई पुन: बिज्ञापन खुलाएरै शिक्षकको नियुक्ति दिएको हो दाहालले भने।

राजनैतिक मिलेमतोमा सेटिङ गरेर शिक्षक राखिएको भन्दै तामाङले आफुलाई हातपात गरेको उनको भनाई छ।
तामाङ बाकाचोलका पुर्व वडाध्यक्ष हुन।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस