२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

सिमकोटमा थन्कियो नेपाल एयरलाइन्सको जहाज

Nepal Airlines plane plane grounded in Simkot

हुम्ला । सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ।

हिजो सोमबार विहान ८ वजे नेपालगञ्जका लागि उड्न लागेको थियोे।जहाज मर्मतका लागि प्राविधिकको टोली हुम्ला पुगेको छ। जहाजको २ वटै इन्जिनको ब्याट्री डाउन छ ।जहाज मर्मतका लागि समिट एयरको जहाजबाट ईन्जिनियर देवेन्द्र पुनको नेतृत्वमा ३ जना प्राविधिक टोली सिमकोट पुगेको हो।

हिजो सोमबार उनीहरुले इन्जिनमा भएको तार सर्टको मर्मत गरेका थिए । उक्त मर्मत गरेपछि नेपालगञ्ज जाने यात्रुलाई जहाजमा बोलाइएको थियो।तर जहाजको इन्जिन नै चलेन।

इन्जिन नचलेपछि जाँच गर्दा ब्याट्री डाउन भएको प्राविधिकले बताएको नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलिराज हमालले बताए।उनले भने,नाइन एन–एबीयू कलसाइनको निगमको जहाजमा आएको प्राविधिक समस्या समाधानका लागि ग्राउण्ड चार्जले डाउन भएका ब्याट्री चार्ज गर्नु पर्ने भएकाले सो मेसिन सिमकोटमा नहुँदा ग्राउण्ड चार्ज मेसिन नआएसम्म जहाज सिमकोटमै रहनेछ।

सोमबार बिहान ८बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ । नेपालगन्जबाट प्राविधिकबाट टोली आएर मर्मतपछि पनि उडान नहुने भएपछि गन्तव्यमा जान नपाएका यात्रुहरु समस्यमा परेका छन्।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस