२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

आज यी तरकारीको भाउ तेब्बर महँगो, कुन तरकारी र फलफूलको मूल्य कति छ जान्नुहोस्

Prices of vegetables and fruits and all agricultural produce

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज रायोको सागको भाउ घटेको छ। शनिबार ५० देखि ६० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको रायोको सागको भाउ आज प्रतिकिलो ३० देखि ४० रूपैयाँ तोकिएको छ।

आज चमसुर, पालुंगो, मेथी र सौफको सागको मूल्य भने १० रूपैयाँ बढेर ९० देखि १०० रूपैयाँ प्रतिकिलो भाउ तोकिएको छ। रायोको सागको तुलनामा चमसुर, पालुंगो, जिरी र सौफको साग तेब्बर महँगो छ। तोरीको सागको भाउ प्रतिकिलो ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ।

आज लोकल सानो गोलभेँडाको भाउ १० देखि १५ रूपैयाँ प्रतिकिलो छ। टनेलको सानो गोलभेँडा २० देखि ३० रूपैयाँ, तराईको सानो गोलभेँडा २० देखि ३० रूपैयाँ प्रतिकिलो छ। ठूलो गोलभेँडा नेपाली र भारतीय दुवै ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तै चिनियाँ प्याज भारतीय प्याजभन्दा २५ रूपैयाँ सस्तो छ। भारतीय प्याजको भाउ ८५ देखि ९५ रूपैयाँ प्रतिकिलो रहँदा चिनियाँ प्याजको भाउ ६० देखि ६५ रूपैयाँ प्रतिकिलो छ। हरियो प्याजको भाउ ९० देखि १०० रूपैयाँ छ। आज स्थानीय काउलीभन्दा ज्यापु काउली १० रूपैयाँ महँगो छ। स्थानीय काउलीको भाउ १५ देखि २० रूपैयाँ, ज्यापु काउली २५ देखि ३५ रूपैयाँ र ब्रोकाउली ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ।

यस्तो छ अरू तरकारीको भाउः

दैनिक मूल्य बारे जानकारी – वि.सं. पुस २२, २०८०

प्रकाशित मिति : २०८० पुष २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस