काठमाडौं । काठमाडौँको सुन्धारामा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
काठमाडौं मल अगाडि बा ३४ प ४३२० र रा ७ प ८७९५ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किँदा बा ३४ प ४३२० नम्बरका चालक, ४६ वर्षीय सन्तोषकुमार गुरूङको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता अपीलराज बोहराले जानकारी दिएका छन्।
गम्भीर घाइते गुरूङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार

