२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेकी ३३ वर्षीया दिपाको घिनलाग्दो धन्दा

काठमाडौं। काठमाडौंमा वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभन देखाई पोल्याण्ड पठाइदिन्छु भन्दै २ लाख ठगी गरेको अभियोगमा ३३ वर्षीया दिपा कुमारी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ।

पीडितबाट रकम लिएर सम्पर्कबिहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–५ बाट उनलाई पक्राउ गरेको हो।

आवश्यक अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस