२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रहरीलाई मिल्यो ठूलो सफलता : काठमाडौंमा पक्राउ परेका ८ जना को हुन्?

काठमाडौंमा डाँका चोरीमा संलग्न रहेको अभियोगमा ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा नवलपरासी, चितवन, लमजुङ, सुनसरी लगायतका विभिन्न स्थानका अनिष केसी (२४), विवेक मल्ल ठकुरी (२५), सन्दिप परियार (२३), अतित क्षेत्री (२५), सन्दिप विक (२४), बादल तामाङ (२२), सक्रिया खान (१९) र कबिता राई (२४) रहेका छन्।

कलंकीस्थित होटल मेन्सको कोठा नम्बर ४०२ मा प्रवेश गरी आफू प्रहरी हुँ भन्दै पीडितहरूलाई धम्क्याई ३ लाख ६३ हजार रुपैयाँ ठगी गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले नगद ५२ हजार रुपैयाँ र बागमती प्रदेश ०२-०५३ प ९८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस