२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मौसम पूर्वानुमान : यी प्रदेशमा आज पनि वर्षा र हिमपातको सम्भावना

३० बैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

आज पनि देशका केही भागमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार यस्तो छ आज दिउँसो र राति हुने मौसम, वर्षा र हिमपातको सम्भावना छ । आज दिउँसो–कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक पातलो बादल लाग्ने देखि साधारणतया बदली बाक्लो बादल रही बाँकी स्थानमा मुख्यतया सफा लगभग आकाश सफा देखि आंशिक बदली रहनेछ ।

यस क्रममा दिउँसो कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।
आज राति–कोशी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस