२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

www.janaboli.com;

काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

सर्लाहीमा ६७ वर्षीय पाले सार्की भरत तालमा, गुल्मीमा ४५ वर्षीय ज्ञान बहादुर राकस बडिगार्ड खोला छेउमा मृत अवस्थामा भेटिए।

रौतहटमा ७० वर्षीय महादेव महतो नासी पुलमुनी तथा ताप्लेजुङमा ३५ वर्षीय मनोज लिम्बु मैवाखोला किनारमा मृत अवस्थामा फेला परेका छन्।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस