२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

प्रधानमन्त्री ओलीले स्वीकारे : देशको ढुकुटी रित्तो, पैसा नहुँदा काम गर्ने आँट आउँदैन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन्।

मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहमा बोल्दै उनले अघिल्लो कार्यकालमा देशको ढुकुटीमा पर्याप्त पैसा रहेको तर अहिले पैसाको अभावले काम गर्न कठिन भएको बताए।

ओलीले आफू प्रधानमन्त्री हुँदा सबै पालिकामा स्वास्थ्य केन्द्रको उद्घाटन गरेको उल्लेख गर्दै विकासका कामहरू रोकिएको बताए।

उनले भने, ‘पहिला जस्तो यो पनि गर्छु, त्यो पनि गर्छु भन्ने आँट गर्न सकिरहेको छैन।’ तर अर्थतन्त्र अब ओरालो नलाग्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस