२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

रवीन्द्र मिश्रको हिरासत अवधि थप लम्बियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको हिरासत अवधि थप लम्बिएको छ। काठमाडौं जिल्ला अदालतले मंगलबार मिश्रसहितका आरोपितहरूको हिरासत अवधि थप गर्ने निर्णय गरेको हो।

मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव जस्ता कसुरमा अनुसन्धान भइरहेको छ। यसअघि आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि हिरासतमा छन्, जसलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग जस्ता गम्भीर आरोप लगाइएको छ।

अदालतले अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै हिरासत अवधि लम्ब्याउने निर्णय गरेको हो।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस