२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पोखरामा भारी आसिना पानी र हावाहुरी

पोखरा । पोखरामा भारी असिना पानी परेको छ । असिना पानीले पोखराका सडक अवरुद्ध भएका छन् । हावाहुरीले क्षति गरेको छ । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिना देखिए ।

गुडिरहेका बसहरू रोकिएका थिए्, बाटो हिँडिरहेका मान्छेहरू ओत बसेका थिए । सडकमा व्यापार गरेर बसेका मानिसहरू बिचल्लीमा परे। पछिल्लो समय हरेक दिन २ बजेपछि त्यहाँ यस्तै मौसम हुँदै आएको छ । तालहरुमापनि मानिसहरुलाई असर गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस