१ जेठ , काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य घटेकाले निगमले मूल्य घटाएको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल १ सय ५७ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ४२र१ सय ४२ रुपैयाँ पर्नेछ । नयाँ मूल्य बिहीबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार

