२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

लुम्बिनीमा भीषण हावाहुरी : ५ को मृत्यु, ८ घाइते

बुटवल । लुम्बिनी प्रदेशमा शुक्रवार आएको भीषण हावाहुरीका कारण ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। नवलपरासीको सुनवलमा प्रतीक्षालयमा रूख ढल्दा २ जनाको मृत्यु र ३ जना गम्भीर घाइते भए। कपिलवस्तुमा आँप टिप्न गएकी १४ वर्षीया किशोरीको रूखको हाँगा खस्दा ज्यान गयो।

रुपन्देहीका विभिन्न क्षेत्रमा घर र संरचनामा क्षति पुगेको छ। यस्तै, लुम्बिनीमा भारतीय कार र पिकअप ठोकिँदा २ जनाको मृत्यु र ६ जना घाइते भएका छन्।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस