काठमाडौं । अष्ट्रेलियाले एक नेपाली नागरिकलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरी गैरकानुनी रूपमा बस्दै आएका ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले नेपाल फर्काएको हो।
निष्कासित व्यक्तिको थर पाण्डे रहेको जनाइएको छ। उनी पासपोर्ट फ्याकेर लुकीछिपी काम गर्दै आएका थिए। अष्ट्रेलियाली अध्यागमनले उनीसँग कागजात नपाएपछि क्यानबेरास्थित नेपाली दूतावाससँग समन्वय गरी उनलाई बिहीबार थाई एयरमार्फत काठमाडौं पठाएको हो।
स्रोतका अनुसार अष्ट्रेलिया नेपाली युवाहरूको प्रमुख रोजगारी र अध्ययन गन्तव्य बनेको छ। तर, हालका दिनमा अध्यागमन कानुन उल्लंघन गर्नेहरूको संख्या बढ्दै गएकाले अष्ट्रेलियाले निगरानी र कारबाही कडा बनाउँदै आएको छ।
नेपाल फर्काइएका ती नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन प्रक्रियापछि सम्बन्धित निकायमा बुझाइएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार

