२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा ठूलो हावाहुरीसहित भीषण वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हावाहुरीसहितको वर्षा भइरहको छ। हावाहुरीका कारण जनजीवन प्रभावितसमेत भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी, कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला हावाहुरीबाट बढी प्रभावित भएको बताए।

उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ। एकिन विरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस