काठमाडौं । काठमाडौं महानगरपालिका–२९ अनामनगरमा जुवातास खेलिरहेका १० जना पक्राउ परेका छन्। शनिबार दिउँसो प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने तथा दोलखा भिमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेतसहित १० जना छन्।
प्रहरीले घटनास्थलबाट २ लाख ५७ हजार ४ सय रुपैयाँ नगद र ९ बुक तास बरामद गरेको जनाएको छ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार

