काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ । आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
नाइन एन एएमजी कल साइनको सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ । जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो । ‘एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित रुपमा अवतरण गरिसकेको छ,’ स्रोतले भन्यो ।
प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार

