काठमाडौं । मिस नेपाल २०१८ शृङ्खला खतिवडा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने चर्चा र अड्कल सुरु भएको छ । पछिल्लो समय उनका श्रीमान कान्तिपुर मिडिया ग्रुपका मालिक सम्भव सिरोहिया र स्वयं खतिवडा रास्वपा र प्रधानमन्त्री बालेन शाहसँग निकट छन् । महानगरमा जिताउन सकिने र आफ्नो विरासत रहनेगरी काम गर्ने व्यक्ति बालेनले खोजिरहेका छन् । यसै सन्दर्भमा बालेनको सचिवालयमा खतिवडाको चर्चा सुरु भएको स्रोतले खुलाएको छ ।
सुमना श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा उनलाई काउण्टर दिन खतिवडा नै बलियो उम्मेदवार हुने आँकलन छ । शृङ्खला खतिवडा स्वयंलेपनि यस विषयमा मखै नखोलेपनि केही संकेत गर्दैछिन् । खतिवडाले हार्वर्ड विश्वविद्यालयबाट अर्बन प्लानिङ (सहरी योजना) मा स्नातकोत्तर अध्ययन गरेकी छिन् । आफूले पढेको र जानेको ज्ञान सिप देश विकासमा लगाउन पाए हुन्थ्यो भनेर पछिल्लो समय आफू निकटहरुसँग खतिवडालेपनि मुख खोलिरहेकै छिन् । सामाजिक सञ्जालमा पनि उनको सहरी योजनाको अध्ययन र राजनीतिक पारिवारिक पृष्ठभूमिलाई जोडेर काठमाडौंको भावी मेयरका रूपमा चर्चा सुरु हुन थालेपछि कतै उनकै इच्छामा यो भइरहेको त छैन भन्ने अनुमानपनि छ ।
किनकी नेपाली उखान नै छ हावा नचलि त पात हल्दिैन । मेयरको उम्मेदवार भनेर अरु चर्चितहरुकोपनि त नाम आउनुपर्ने । सुन्दरीको मन र रास्वपा एवं अहिलेको सरकारमा केही खिर त अवश्य पाक्दैछ । उनी उम्मेदवार हुने कुरा एकिन भयो भने तपाईको प्रतिक्रिया के रहन्छ ?


