२०८२ भाद्र २५ गते बुधवार | 2025 September 10th Wednesday

कतै तपाईको राशि नै गलत भइरहेको त छैन ? अहिले नै चेक गर्नुहोस् नामको आधारमा यस्तो हुन्छ

काठमाडौ । कहिलेकाही ज्योतिषले गल्ती गरेर अर्कै राशि भनिदिएका हुन्छन् । धेरैले पहिलेदेखि मेरो यही राशि हो भन्दै आएकोमापछि गलत सावित भएको छ । तपाईको जन्म कुण्डलीका आधारमा सहि नाम राखिएको छ भने नामका आधारमा राशि कुन हो भन्ने एकिन गर्न सकिन्छ । तपाईको जन्म कुण्डलीका आधारमा राखिएको नामबाट पत्ता लाग्नेछ तपाईको राशि । तपाईको नाम अनुसार कुन राशि पर्नजान्छ । अहिले नै क्लिक गर्नुहोस् ।

१, मेष : मेष राशीमा अश्विनी, भरणी र कृत्तिका नक्षत्रको एकपाउ (चु चे चो ला लि लु ले लो अ) यी नौ वटा अक्षरबाट नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मेष राशीमा पर्दछन् । मेष राशीको स्वामी मंगल (भौम) ग्रह हो ।

२, बृषः बृष राशीमा कृत्तिकाको बाँकि तीन पाउ रोहिणी, मृगशिराको दुई पाउ (इ उ ए व बा बि बु बे बो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बृष राशीमा पर्दछन् । बृष राशीको स्वामी शुक्र ग्रह हो ।

३, मिथुन : मिथुन राशीमा बाँकि मृगशिराको दुई पाउ आरद्रा, पुनर्वसुको तीन पाउ (का कि कु घ ङ छ के को ह) यी नौ वटा उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मिथुन राशीमा पर्दछन् । मिथुन राशको स्वामी बुध ग्रह हो ।

४, कर्कट : कर्कट राशीमा पुनर्वसुको बाँकि एक पाउ तिष्य, अश्लेषा सवै (ही हु हे हो डा डि डु डे डो) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कर्कट राशीमा पर्दछन् । कर्कट राशीका स्वामी चन्द्रमा हुन् ।

५, सिंह : सिंह राशीमा मघा, पुर्वाफाल्गुनी, उत्तराफाल्गुनीको एक पाउ (मा मि मु मे मो टा टि टु टे) नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै सिंह राशीमा पर्दछन् । सिंह राशीका स्वामी सुर्य ग्रह हुन् ।

६, कन्या : कन्या राशीमा उत्तराफाल्गुनीको बाँकि तीन पाउ हस्ता, चित्रा नक्षत्रको दुई पाउ (टो प पि पु ष ण ठ पे पो) यी नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु सवै एकै कन्या राशी भित्र पर्दछन् । बुध ग्रह कन्न्या राशीका स्वामी हुन् ।

७, तुला : तुला राशीमा चित्रा नक्षत्रका बाँकि दुई पाउ स्वाती, विशाखाको तीन पाउ (र रि रु रे रो ता ति तु ते) नौ वटाको नाम उच्चारण हुने ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै तुला राशीमा पर्दछन् । तुला राशीका स्वामी शुक्र ग्रह हुन् ।

८, बिच्छा : बिच्छा राशीमा बाँकि बिशाखाको एक पाउ अनुराधा, जेष्ठा (तो ना नि नु ने नो या य यु ) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै बिच्छा राशी भित्र पर्दछन् । बिच्छा राशीका स्वामी मंगल (भौम) ग्रह हुन् ।

९, धन : धन राशीमा मूल, पुर्वाषाढा, उत्तराषाढाको एक पाउ (य यो भ भि भु धा फा ढा भे) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै धन राशीमा पर्दछन् । धन राशीका स्वामी बृहस्पति ग्रह हुन् ।

१०, मकर : मकर राशीमा उत्तराषाढाको बाँकि तीन पाउँ श्रवण, धनेष्ठाको दुई पाउ (भो जा जि खि खु खे खो गा गि) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मकर राशीमा पर्दछन् । मकर राशीको स्वामी शनिश्चर ग्रह हो ।

११, कुम्भस् कुम्भ राशीमा बाँकि धनेष्ठा नक्षत्रका दुई पाउ शतविशा, पुर्वाभाद्रका तीन पाउ (गु गे गो सा सि सु से सो द) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै कुम्भ राशी भित्र पर्दछन् । कुम्भ राशीका स्वामी पनि शनि ग्रह नै हो ।

१२, मीन : मीन राशीमा पुर्वाभाद्र नक्षत्रको बाँकि एक पाउ उत्तराभाद्र र रेवती ( दि दु थ झ ञ दे दो च चि ) यी नौ वटाको नाम उच्चारण हुने सवै ब्यक्ति, प्राणीहरु तथा ठाँउहरु एकै मीन राशीमा पर्दछन् । मीन राशीका स्वामी बृहष्पति ग्रह हुन् ।

प्रकाशित मिति : २०७५ असोज ३१ गते बुधवार