काठमाडौ । विद्यार्थीलाई सरकारले नि:शुल्क इन्टरनेट दिने निर्णय कार्यन्वयनमा आएको छ । नेपाल टेलिकम मार्फत यो सेवा उपलब्ध भएको छ । सेवा विद्यार्थी आफैले एक्टिभ गर्न सक्नेछन् ।

 

 

जुन तरिका हामीले तल राखेका छौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणको लागि विद्यार्थी र विद्यालयलाई निशुल्क इन्टरनेट उपलब्ध गराएको हो । मन्त्रिस्तरीय निर्णयबाट १९ भदौमा पारीत विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिने उल्लेख गरेको थियो । उक्त निर्देशिका कार्यन्वयनमा आएको छ ।

 

 

नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक कार्यको लागि मात्र हुने गरी निःशुल्क सहुलियत शुल्क मा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने निर्देशिकामा मन्त्रालयको भूमिका बारे स्पष्ट लेखिएको छ ।

 

यो निर्देशिका असोज १ बाट अनिवार्य कार्यान्वयन को लागि शिक्षा मन्त्रालय सङ्घ प्रदेश र स्थानीय तहका निकाय सरकारलाई निर्देशन दिएको थियो । हाल यो प्रयोगको तरिका सहित बाहिर आएको छ ।

 

 

हामीले तरिका यहाँ पेश गरेका छौ । मन्त्रालयद्वारा जारी गरिएका कार्यान्वयनसम्बन्धी सूचनामा राष्ट्रीय पाठ्यक्रम प्रारूप ले निर्दिष्ट गरेका सिकाइ हरु उपलब्धिहरु हासिल गर्न विद्यालय उमेर का अनुकूल सिक्ने वातावरण सिर्जना गर्नुको लागि तीनै तहको सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने बताएका छन्

 

विद्यालय विद्यार्थीहरुले इन्टरनेट महंगो भएर अनलाइन कक्षामा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो ।

नि:शुल्क इन्टरनेट प्रयोग गर्ने तरिका हामीले यहाँ अपडेट गरेका छौ । सबैको जानकारीका लागि सेयर गरिदिन विद्यार्थी अभिभावकलाई आग्रह गर्दछौ ।

 

विद्यार्थी भाइबहिनीहरु यो जानकारी सबैमा सेयर गर्नुहोला ।

१.सवै भन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचयपत्र वा प्रवेशपत्र को फोटो मोवाईलमा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।
२. त्यसपछि तल दिईएको लिङ्कमा क्लिक गरि KYC फर्म भर्नुहोस https://ntc.net.np/student-kyc
३. proceed मा क्लिक गर्नुहोस।
४. तपाईको मोवाईलमा 1422 वाट आएको OTP verification कोड ३ वटै वक्समा Type गर्नुहोस त्यस पछि Next गर्नुहोस अब Activate भएको म्यासेज आउँछ।
५. आवश्यक रकम रिचार्ज गर्नुहोस।
६. *1441# डायलगरी आवश्यक volume pack लिनुहोस र Activate भएको पक्का गर्नुहोस। zoom वा ms-teams वा google meet वाट आफुले चाहेको कक्षा पढ्नुहोस। यो नि:शुल्क हुनेछ ।यो जानकारी सबैमा सेयर गर्नुहोला ।

धन्यवाद

सम्बन्धित खबरहरु