२०८२ कार्तिक १५ गते शुक्रवार | 2025 October 31st Friday

म्यादी प्रहरीमा लाखौ संख्यामा भर्ना, कति पढेकाले पाउँछन् अवशर ?

काठमाडौ । निर्वाचनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटाईने तयारी भएको छ ।

निर्वाचनमा ७ हजार प्रहरी र ९९ हजार म्यादी प्रहरी भर्ना हुने स्रोतले जनाएको छ ।

निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले हतियारदेखि गाडीसम्मको माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा यससम्बन्धी प्रस्ताव गरेको हो । निर्वाचनका लागि साना र ठूला गरेर एक हजार चार सय थप गाडी आवश्यक हुने प्रहरीले जनाएको छ ।

निर्वाचनका लागि हतियार समेत अपुग रहेको भन्दै प्रहरीले खरिदको प्रस्ताव पनि गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

करिब ६ सय सञ्चार सेटसमेत माग गरेको छ । म्यादी प्रहरी भर्ना तथा अन्य बन्दोबस्तीका सामान खरिदका लागि करिब १४ अर्ब बजेट चाहिने प्रहरीको प्रस्ताव छ ।

प्रहरीले दिएको विवरण अनुसार कुनै पनि निर्वाचन एकै चरणमा गर्नुपरे सात हजार सुरक्षाकर्मीको अभाव हुन्छ ।

९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने हुन्छ । कम्तीमा एक साताको फरकमा दुई चरणको निर्वाचन भए जनशक्ति पर्याप्त हुने र म्यादी प्रहरी पनि कम आवश्यक हुने प्रहरीको विश्लेषण छ ।

निर्वाचन आयोगले अहिले मतदाता नामावली संकलन गरिरहेको छ । यसका लागि २० पुससम्मको समय तोकिएको छ । त्यसपछि मात्रै निर्वाचनको प्रक्रिया अघि बढ्नेछ ।

आजका पपुलर पोष्ट शीर्षकमा क्लिक गरेर पढ्न सक्नुहुनेछ ।

पूर्वतयारीका लागि सरोकारवालासँग गृह मन्त्रालयको छलफल

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बैठक बसेको थियो । बैठकमा संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासिनी, संघीय मामलासचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, सेनाका रथी बालकृष्ण कार्की सहभागि रहनुभयो ।

सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा लगायतपनि बैठकमा हुनुहुन्थ्यो । बैठकमा सुरक्षा निकायका अधिकारीहरूले निर्वाचनका लागि आवश्यक स्रोत–साधनको आँकलन पेस गरेको गृहप्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

कक्षा ८ पास गरेर पढाइ बिट मारेकाले समेत म्यादीमा अवसर पाउनेछन् । थोरै पढेपनि केही समयका लागि सरकारी जागिर खान पाउने अवशर भएकाले म्यादीमा सबैको आकर्षण छ ।

जनबोली अनलाइन टेलिभिजनको च्यानल janaboli मा रहेका उत्कृष्ट, रोमाञ्चक र सबैले मन पराएका भिडियोहरु हेर्न चाहानुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । च्यानलमा गइसकेपछि Subscribe गरेर नजिकैको घण्टीमा थिच्नुभयो भने, भिडियो अपलोड गर्न साथ नि:शुल्क भिडियो हेर्न पाउनेगरी तपाईको मोबाईलमा नोटिफिकेशन आउँनेछ ।

प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार