२०८२ मङ्सिर ३ गते मङ्गलवार | 2025 November 18th Tuesday

किन गरिंदैछ भैंसीको डीएनए परीक्षण ?

काठमाडौं । भारतको उत्तर प्रदेश शामली जिल्लाको अहमदगढ गाउँबाट भैंसी चोरी भएको विषयमा एक अनौठो घटना बाहिर आएको छ। सो गाउँबाट आएको उजुरीको आधारमा प्रहरीले भैंसी चोरीको मुद्दा दर्ता गरेको छ।

सोही घटनाको छानविन गर्न प्रहरीले शामली र सहारनपुरमा भैंसी र पाडाको डीएनए परीक्षण गर्न आदेश दिएको छ। त्यसपछि पशु चिकित्सकको टोलीले दुवै जनावरको नमूना लिएर परीक्षणका लागि पठाएको छ ।

अहमदगढमा चन्द्रपालका छोरा दीपचन्द कश्यपको घरबाट २५ अगस्ट २०२० मा एउटा भैँसीको पाडा चोरी भएको थियो । उनीहरुले प्रहरीलाई खबर गरेका थिए । पाडा चोरी भएको केही समयपछि नै प्रहरीले फेला पारेको थियो । सो घटना पुष्टी भएपछि पीडकले झिंझाना प्रहरी चौकीमा उजुरी पनि दिएका थिए तर प्रहरीले उनीहरुको कुरा सुनेन । सोही घटनामा एसपीलेडीएनए परीक्षण गर्न निर्देशन दिइएका छन् ।

पीडितको उजुरीका आधारमा प्रहरीले शामली जिल्लाको अहमदगढ गाउँका भैंसी र सहारनपुर जिल्लाको बेनपुर गाउँका पाडाको रगतको नमूना लिएको छ । अब अनुसन्धानपछि के हुन्छ हेर्नु पर्ने भए पनि भैंसीको डिएनए परीक्षण अहिले चर्चाको विषय बनेको छ ।

यसै क्रममा पीडित चन्द्र पाल भन्छन्, ‘भैंसीको बच्चा २५ अगस्ट २०२० मा चोरी भएको थियो। हामीले तुरुन्तै प्रहरीलाई लिखित जानकारी गराएका थियौं । पाडा भेटिए पनि त्यतिबेला प्रहरीले कारबाही नगरेकोले अहिले उच्च अधिकारीको निर्देशनमा शामली र सहारनपुरबाट भैंसी र पाडाको डीएनए परीक्षण गरिएको छ । एबीपी लाइभ

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस