२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाली क्रिकेट टोलीले आज ओमानसँग खेल्दै

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज नेपालले ओमानसँग अन्तिम वार्मअप खेल खेल खेल्दैछ। जिम्बाबेको हरारेमा हुने दोस्रो अभ्यास खेल नेपाली समय अनुसार दिउँसो पौन १ बजे सुरु हुने छ। नेपालले जिम्बाबे पुगेर यसअघि मंगलबार खेलेको खेलमा युएईसँग तीन विकेटले पराजित भएको थियो।

त्यसअघि दक्षिण अफ्रिकामा खेलेका दुई अभ्यास खेलमा नेपाल स्कटल्याण्ड र नेदरल्याण्डससँग पनि पराजित भएको थियो। यसरी नेपालले अभ्यास खेलमा लगातार तीन खेलमा हार बेहोरेको छ।

विश्वकप छनोट प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन्। समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन्। प्रतियोगिता असार ३ देखि २४ सम्म जिम्बावेमा हुनेछ।

नेपालले पहिलो खेल असार ३ मा आयोजक जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ। नेपालले त्यसपछि असार ५ मा अमेरिकासँग खेल्नेछ। नेपालले असार ७ मा वेस्टइन्डिजसँग खेल्नेछ। नेपालले समूह चरणको अन्तिम खेल असार ९ मा नेदरल्यान्ड्ससँग खेल्नेछ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन। शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस