२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

सन्दीप लामिछाने फेरि कप्तान, रोहितको पद खोसियो

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ ओडिआई कप्तान नियुक्त गरेको छ। यससँगै रोहित पौडेललाई कप्तानीबाट हटाइएको छ।

सन्दीप चार वर्षपछि फेरि कप्तान बनेका हुन्। सन् २०२२ मा बलात्कार मुद्दा लागेपछि उनलाई कप्तानीबाट हटाइएको थियो। अब उनले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको नेतृत्व गर्नेछन्।

कप्तान सन्दीपको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त थामीलगायत खेलाडी रहेका छन्।

आइसीसी विश्वकप लिग–२ मा नेपालको कमजोर प्रदर्शनपछि कप्तान परिवर्तन गरिएको हो। यसअघि क्यानले टी–२० कप्तानी दीपेन्द्रसिंह ऐरीलाई दिएको थियो।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस