टोकियो । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाली टीम र घरेलु टोली जापानबीचको खेल वर्षाका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन।
जापानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि वर्षाले खेल रोकिएको हो। यसअघि नेपालले अफगानिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। आज जापानलाई पराजित गरे नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनल पुग्नेछ। समूह विजेता बने नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्नेछ भने उपविजेता भए भारतको सामना गर्नेछ।
प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार

