२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी निलम्बित

काठमाडौं। महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले एसएसपी पाललाई ६ महिनाका लागि निलम्बन गरिएको गृहको पत्र प्रहरी प्रधान कार्यालय आइपुगेको पुष्टि गर्नुभयो ।

डिआइजी कडायतले भन्नुभयो, ‘ गृहमन्त्रालयबाट उहालाई ६ महिनाको लागि निलम्बन गरेको पत्र प्राप्त भइसकेको छ। हामीले सम्बन्धित निकायमा पठाइसकेका छौं।’

एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई निलम्बन गरिएको पत्र प्रहरी प्रधान कार्यालयबाट सम्बन्धित प्रदेश प्रहरी कार्यालयमा पठाइने डिआइजी कडायतले जानकारी दिनुभयो । पालले जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै महिला सहायक हवलदारले उहाँविरूद्द उजुरी दिनुभएको थियो ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस