२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

ललिता निवास जग्गा प्रकरणमा मुछिएका ४०६ जनाविरुद्ध पक्राउ अनुमति

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका ४०६ जनाविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ ।

मंगलबार सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सात जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा यसअघि अदालतबाट स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसी थिए । तर, उनीहरूलाई कागज गराएर रिहा गरेको थियो ।

पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

यो प्रकरण अन्र्तगत जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेको ब्युरोले बताएको छ ।

 

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस