२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

मतदान अघिसम्म संसद भवनमै रहेका माननीय ममता र नारायण एकाएक किन हराए ?

विराटनगर । मत विभाजन हुनुभन्दा अगाडि कोशी प्रदेश सभा भवनमै रहेका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ममता तामाङ र माओवादी केन्द्रका नारायण बुर्जा मगरले विश्वासको मत लिने प्रक्रियामामा सहभागिता जनाएनन् । उहाँहरु एकाएक हराउनुभयो ।

दुवैजना मत विभाजनको प्रक्रियामा जानुभन्दा अगाडि प्रदेश सभा भित्रै देखिनुभएको थियो । मत विभाजनको प्रक्रिया सुरु भएपछि उहाँहरु प्रदेश सभाबाट बाहिरीएको दुवैले स्वीकार गर्नुभयो ।

उहाँहरु दुवैले बिरामी भएर मत विभाजनको प्रक्रियामा सहभागी नभएको दाबी गर्नुभयो । तर यो सत्य हुन सक्दैन । माओवादीबाट सांसद बन्नुभएका बुर्जा मगरले प्रेसर बढेर डाक्टरलाई देखाउन गएको बताउनुभयो भने कांग्रेसको कोटाबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य हुनुभएकी सुनसरीकी ममता तामाङले आफूलाई ज्वरो आएर मतदान प्रक्रियामा सहभागी नभएको बताउनुभयो ।

कोशी प्रदेश सभामा मुख्यमन्त्री हिक्मत कार्कीले पेश गरेको विश्वसको मत लिने प्रस्तावको आज प्रदेश सभामा मतदान भएको थियो । मतदानमा विश्वासको पक्षमा ४६ मत खसेको थियो । विपक्षमा भने ४३ मत मात्रै खसेको थियो । प्रदेश सभामा एक सिट रहेको जनता समाजवादी प्रदेश कमिटिले नै निर्णय गरेर तटस्थ बस्ने निर्णय गरेको थियो । प्रदेश सभामा जसपाकी सांसद निर्माला लिम्वू उपस्थित हुनुभएन ।

 

प्रकाशित मिति : २०८० असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस