२०८३ मङ्सिर ५ गते शुक्रवार | 2026 November 20th Friday

भारत भागेका पूर्वमुख्यसचिव एकनारायण अर्याल भारतकै प्रहरीले पक्रिएर नेपाल पठायो

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। भारतको प्रहरीले प`क्रिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीलाई हस्तान्तरण गरेको र उनलाई नेपाल ल्याइदै गरेको पुष्टि गरेको छ। रोचक कुरा त के छ भने केपी ओली प्रधानमन्त्री हुँदा उनी मुख्यसचिव थिए । म भारत मिलाउँछु भन्थे । आज भा`गेर गएका उनलाई भारतकै प्रहरीले प`क्रिएर तत्कालै पठाएको छ । दूर्गा प्रसाईं लुकेजतिपनि लुक्न सकेका छैनन् ।
मलेसिया श्रमिक प्रकरणमा करिब दुई अर्ब रुपैयाँ हि`नामि`ना भएको आरोपमा अनुसन्धान अघि बढाउँदा अर्यालको समेत संलग्नता देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही प्रकरणमा यसअघि दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परिसकेका छन्।
प्रहरी स्रोतका अनुसार पक्रा`उ पुर्जी जारी भएपछि भारतको कोलकाता पुगेका अर्याललाई भारतीय सु`रक्षाकर्मीसँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस