२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

सिँचाइ विभागका तत्कालीन महानिर्देशकविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं । जलस्रोत तथा सिँचाई विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै २०५१ चैत ३० देखि २०७९ भदौ ३१ सम्म सार्वजनिक सेवामा रहेका राजभण्डारीको वैधानिक आय तथा पारिश्रमिक बचत आय अनुसन्धान जाँच गर्दा सो रकमको स्रोत खुल्न नसकेको हो ।

निजको वैधानिक आय, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण, शेयर सबै आय गरी तीन करोड ८५ लाख ५१ हजार ७४० रुपियाँको स्रोत खुलेको तर सम्पूर्ण व्यय भने सात करोड ४२ लाख २९ हजार ८६ रुपियाँ रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले कुल आयलाई कुल व्ययसँग तुलना दर्गा आयभन्दा तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपियाँ भ्रष्टाचार गरेको आरोप देखिएकाले भ्रष्टाचार निवारण ऐनबमोजिम निजको हाल कायम सम्पत्तिबाट बिगो जफतको माग दाबीसहित विशेष अदालत काठमाडौंमा आरोप दर्ता गरिएको छ ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस