२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

काठमाडौं महानगरले नागरिकको सहुलियतका लागि आफ्नै फार्मेसी खोल्न छुट्टयायो ६ करोड

काठमाडौं । काठमाडौं महानगरले आगामी आर्थिक वर्षमा सुलभ दरमा औषधि उपलब्ध गराउन आफ्नै फार्मेसी खोल्ने भएको छ।

त्यसका लागि उसले बजेटसमेत विनियोजन गरेको छ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ६ करोड रूपैयाँ फार्मेसी खोल्न विनियोजन गरिएको छ। त्यस्तै काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सहरी स्वास्थ्य क्लिनिकहरूको स्तरोन्नति सहित स्वास्थ्य प्रवद्र्धन केन्द्रमा रूपान्तरण गर्ने योजना बजेटमा छ।

‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना राखिएको यस कार्यक्रमलाई ३५ करोड रकम विनियोजन गरिएको छ। महानगरले आइतबार २५ अर्ब ५४ करोड ७८ लाखको बजेट नगर सभामा प्रस्तुत गरेको छ।

 

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस