२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

बच्चाका लागि सबैभन्दा महत्त्वपूर्ण सल्लाह के हो ?

What is the most important advice for children

काठमाडौं । दुई वर्षभन्दा माथिका बालबालिकाको अगाडि आफ्नो लुगा कहिल्यै नबदल्नुहोस्। आफ्नो बच्चालाई कहिल्यैपनि कुनै अर्को ठाउँमा भएका बेला एक्लै घर जान नदिनुहोस्। आफ्नो छोरा वा छोरीलाई ठट्टामापनि कसैको श्रीमती वा पति भनेर सम्बोधन (आरोप लगाउन) गर्न कहिल्यै नदिनुहोस्।

आफ्ना केटाकेटीहरू उनीहरुका साथीहरूसँग बाहिर जान्छन् भने तिनीहरूले कस्तो खेल खेल्छन् पत्ता लगाउनुहोस्। यहाँ के भन्न खोजिएको हो तपाइले बुझ्नुभएको होला । हुर्कदै गएका आफ्ना बच्चालाई तपाईहरुले यौन शिक्षा दिन हिच्किचाउनु हुन्न ।

अन्यथा तिनीहरूले गलत ठाउँबाट गलत जानकारी पाउनसक्छन् । तपाईको बच्चाले पहुँच गर्ने नेटवर्कहरूमा अभिभावकीय नियन्त्रणहरू सधैं सेट गरिनुपर्छ। आफ्नो बच्चाको ब्राउजिङ इतिहास समय समयमा जाँच गर्नुहोस्। गलत कुरापनि हेरिरहेका हुन सक्छन् । हुर्किदै गएको बच्चालाई कहिलैपनि काखमा नराख्नुहोस् ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस