२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

जब श्री एअरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौं फर्कियो !

Shree Airlines

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बीच बाटोबाटै जहाज काठमाडौं फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौं –धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको प्रेसराइजेसन सिस्टम बिग्रिएको सङ्केत पाइलटले पाएपछि जहाज काठमाण्डौ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।

प्रवक्ता सिटौलाले भन्नुभयो, ‘बिहान धनगढी उडेको जहाज प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली)मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाण्डौ फर्काइएको थियो, जहाजका यात्रुलाई बिहान साढे १० बजे अर्कै जहाजको उडानबाट गन्तव्य लगिएको छ ।’ श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस