२०८३ साउन १० गते आइतवार | 2026 July 26th Sunday

ती ओली र यी मोदी, मोदीले आधा रातको तीन मिनेटभन्दा कम समयमा जेनजीलाई आफ्नो पक्षमा पारे

काठमाडौं । बिहीबार राति ११ः५२ बजे प्रधानमन्त्री नरेन्द्र मोदीले एक सेल्फी भिडियो सन्देश पोस्ट गरे। यसमा उनले सिधै विद्यार्थीहरूसँग कुरा गर्दै एनईईटी पेपर लीक विवादबीच सरकार उनीहरूको साथमा रहेको आश्वासन दिए। उनले पेपर लीकलाई सामान्य कुरा होइन भन्दै कडा कदम चाल्ने वाचा गरे। शुक्रबार मन्त्रिपरिषदमा परीक्षा अपराधसँग सम्बन्धित फास्ट–ट्र्याक अदालत र कडा सजायको व्यवस्था हुने प्रस्तावित कानून स्वीकार गर्ने बताए । शुक्रबार मन्त्रिपरिषद बोलाएर पेपर लीक गर्नेलाई १० बर्षसम्म जेल र १० करोडसम्म सजाय हुने कानून पारित गरेर संसदमा पठाए ।

यो पहल प्रधानमन्त्रीको सामान्य शैलीभन्दा फरक थियो। सरकारी स्थान वा टेलिभिजनमार्फत भाषण दिने सट्टा उनले तीन मिनेटभन्दा कमको सेल्फी भिडियो रोजे, जुन विशेषगरी युवाहरू र डिजिटल संसारसँग जोडिएका मानिसहरूलाई लक्षित गरिएको देखिन्थ्यो। यस्तो भिडियो शोसल मिडियाका अल्गोरिदम फ्रेण्डलीपनि थिए ।

विद्यार्थीलाई “दोस्तहरू भन्दै सम्बोधन गर्दै उनले भने– “पेपर लीक सामान्य कुरा होइन। यसले लाखौं विद्यार्थी र अभिभावकलाई दुःख दिएको छ। त्यसैले पछिल्ला दुई महिनादेखि दोषीहरूलाई पक्राउ गरी जेल पठाइएको छ। उनीहरुलाई कडा सजाय हुने कानून र फास्ट–ट्र्याक अदालत बनाइनेछ ।

भिडियोको समय पनि चर्चामा रह्यो। मोदी सामान्यतया आधा रातमा सन्देश जारी गर्ने नेतामा पर्दैनन्। तर यसपटक उनले राति ११ः५२ बजे भिडियो पोस्ट गरे, जब धेरै युवा सामाजिक सञ्जालमा सक्रिय हुन्छन्। यो जेनजीसँग उनीहरूको प्लेटफर्ममै जोडिने सोचिएको प्रयास थियो। नभन्दै त्यसले काम गर्यो ।

प्रधानमन्त्रीले विपक्षमाथि आक्रमण नगरी केवल विद्यार्थीहरूको चिन्तामा ध्यान दिए। उनले परीक्षाको नतिजा छिटो निकालिएको, २२ लाख विद्यार्थीका लागि परीक्षा सम्पन्न गरिएको र १९ तारिखमा नतिजा प्रकाशित भएको उल्लेख गर्दै शैक्षिक वर्ष बर्बाद नहुने आश्वासन दिए। उनले विभागलाई परीक्षा अपराधसँग सम्बन्धित फास्ट–ट्र्याक अदालतको प्रावधान तयार गर्न निर्देशन दिएको र त्यसको ड्राफ्ट त्यही रात प्राप्त भएको बताए। भोलि मन्त्रिपरिषदमा छलफल हुनेछ र संसदमा चाँडै विधेयक पास गर्ने प्रयास हुनेछ उनले भने। नभन्दै आज त्यो गरेपनि ।

नयाँ शैलीको संवाद
वरिष्ठ पत्रकार स्मिता प्रकाशले सेल्फी–मोड भिडियोलाई “नयाँ र असरदार” भनेकी छन्। उनका अनुसार, आधा रातपछि पोस्ट गरिएको भिडियो १.२ करोड पटक हेरिएको थियो। अहिले यो भिडियो करिब ३.५ करोड पटक हेरिएको छ। तर आलोचना पनि भयो। धेरै प्रयोगकर्ताले प्रधानमन्त्रीलाई शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको भूमिका र सीजेपीका नेतामाथि भएको प्रहरी कारबाहीबारे प्रत्यक्ष प्रतिक्रिया दिन माग गरे। यसरी प्रधानमन्त्री मोदीले जेनजीसँग उनीहरूको शैलीमा संवाद गर्दै पेपर लीक विवादमा सरकारको पक्ष स्पष्ट पारेका छन्, जुन देशभर भइरहेको विद्यार्थी आन्दोलनबीच आएको महत्वपूर्ण कोषे ढुंगा भएको छ ।

तर नेपालमा जेनजीहरुको आन्दोलन चरम अवस्थामा पुग्दा समेत तत्कालिन प्रधानमन्त्री केपी ओलीले शोसल मिडिया कुनै हालतमा खुल्ला नहुने अडान राखिरहे । संसदको पर्खालमा पुग्नेहरु मर्छन् त भनेर असहिष्णु र असंवेदनशील अभिव्यक्ति दिइरहे । त्यही कारण ज्वलनशील पदार्थ भन्दा युवाको आक्रोश धेरै जलेका कारण सत्ता मात्र खरानी भएन देशका मुख्य संरचना र दस्तावेजसेमत खरानी भए ।

 

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस