२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई फराकिलो बनाउँछौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । राष्ट्रिय समन्वय परिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान अध्यक्षता गर्नुभएको छ । सातै प्रदेशका मुख्यमन्त्रीको भेलाका लागि पोखरा पुग्नुभएका प्रचण्डले आज रासपको बैठकमा बोल्नुभयो ।

त्यहाँ प्रधानमन्त्री प्रचण्डको ठूला भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई थप फराकिलो बनाइने बताउनुभएको छ । सत्तारुढ नेकपा माओवादी निकट प्रेस सेन्टरले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको सरकारी जग्गा अनियमितताबारेको अनुसन्धानलाई निचोडमा पुर्‍याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट पारित भएपछि अब भिन्न ढंगले काम सुरु गरेका छौं, जुन विशिष्ट प्रकृतिको छ। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण। यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। कहीँकतै रोकिँदैन। अनुसन्धानलाई निचोडमा लग्ने हो।’

उहाँले प्रहरीले गरिरहेको भ्रष्टाचारविरुद्धको अनुसन्धानलाई सरकारले आवश्यक निर्देशन दिइरहेकाले निरन्तर अगाडि जाने दाबी गर्नुभयो ।

अर्थतन्त्र धराशयी नै हुन्छ कि भन्ने डर हटेर विस्तारै लयमा फर्किएको उहाँको भनाइ छ। आफ्नो भारत भ्रमणका बेला भएको पारवहन सन्धि पुनरवलोकन, विद्युत् व्यापार सम्झौता र १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात समझदारी गरेर आउने पुस्ताले सम्झिरहने काम गरेको उहाँको दाबी छ।

 

प्रकाशित मिति : २०८० असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस