२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

जेलबाट छुट्दा बल्छी धुर्वेसहितलाई खादा लगाइलिनेको लर्को, भने दशा लाग्यो अब काममा चाँडै फर्कन्छौं

काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशपछि वान–एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन् ।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली (भटभटे माइला), रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए ।

अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए । बल्छी धुर्वेले चाहिँ तत्काल नबोल्ने बताए भने पवन खतिवडा म्याकुरीले आफूहरुबाट गल्ती भएको बताउँदै काममा चाँडै फर्कने बताए । उनीहरुलाई स्वागत गर्न अन्य कलाकार पनि अदालत बाहिर पुगेका थिए । समर्थककोपनि ठूलो भीड थियो । अदालतमा परिसरमा उनीहरुलाई खादा लगाइयो ।

सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धिताललाई चाहिँ १० लाख रुपैयाँ धरौटी अदालतले मागेको छ । यो प्रकरणमा संलग्न कुशल पोखरेल फरार छन् ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस