२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

प्रधानमन्त्री प्रचण्ड आउँदो आइतवार इटाली जानुहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो आइतवार इटाली जानुहुने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको आइतवारदेखि हुने भ्रमणलाई स्वीकृत गरेको छ ।

बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट सन् २०२३ मा सहभागी हुन प्रधानमन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । समिट जुलाई २४, २५ र २६ मा इटालीमा हुँदैछ ।

त्यस्तै सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गरेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस