२०८३ असोज १५ गते बिहिवार | 2026 October 1st Thursday

अभद्र व्यवहार एवं कालोमोसो दल्नेको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि माग राखेर आन्दोलनको क्रममा कालोमोसो दल्ने, अभद्र व्यवहार गर्नेको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरुमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आवद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ ।’

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस