२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

कांग्रेस संसदीय दलको बैठक आज अन्तिम, के एमालेलाई साथ दिने निर्णय आउला ?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ। शुक्रबारदेखि सुरू भएको संसदीय दलको बैठक आज पनि जारी रहनेछ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मध्याह्न साढे १२ बजेदेखि सुरू हुनेछ। संसदीय दल बैठकमा सांसदहरूलाई विभिन्न ७ एजेन्डामा केन्द्रित रहेर बोल्न समय दिइएको छ। संसदको गतिरोध, सरकारले ल्याउने विधेयक, संसद प्रभावकारी बनाउने, केही विषयमा ध्यानाकर्षण गराउनेजस्ता एजेन्डा तोकिएका छन्।

सभापतिसमेत रहनुभएका संसदीय दल नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूलाई पालैपालो बोल्न समय दिनुभएको छ । शुक्रबारदेखि आइतबारसम्म ५० जना सांसदले आफ्नो धारणा राख्नुभएको छ । आज बाँकी सांसदहरूले धारणा राखेर बैठक सकाउने तयारी छ। आजै महत्वपूर्ण विषयमा निर्णय आउँनसक्ने स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस