२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

मिड सोलु हाइड्रोको आईपीओ बाँडफाँड [ यसरी हेर्नुहोस् नतिजा ]

काठमाडौं । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १४ गतेदेखि साउन २८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएकाे छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा हिजो बुधबार गरिएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ७४ लाख ८४ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७४ हजार ८४० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म ३१ हजार ५ सय २२ जना लगानीकर्ताहरूले ७ लाख ४ हजार २ सय कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, ५८ हजार ६ सय ४० कित्ता सेयरको आवेदन रद्द भएको थियो । बाँकी २९ हजार ६४१ जना लगानीकर्ताहरूले आवेदन दिएका ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठानी समावेश गरिएकाे थियाे ।

कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४ सय ८४ जनालाई छनौट गरी १० कित्ताका दरले आईपीओ बाँडफाँड गरेको जनाएको छ ।

कसरी हेर्ने नतिजा ?
कम्पनीकाे आईपीओकाे नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट, सीडीएसले सञ्चादनमा ल्याएकाे वेबसाइट https://iporesult.cdsc.com.np/ / र मेराे सेयरबाट हेर्न सकिन्छ ।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस