२०८३ असोज १४ गते बुधवार | 2026 September 30th Wednesday

एमाले भ्रमण टोली माओको समाधिस्थलमा

काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा एमालेका नेताहरू चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता माओत्सेतुको समाधिस्थल पुगेका छन् । माओको पार्थिव शरीर राखिएको स्थलमा पुगेका भ्रमण टोलीका सदस्यहरूले पुष्प गुच्छासहित श्रद्धासुमन व्यक्त गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू अहिले चीन भ्रमणमा हुनुहुन्छ । यसअघि भ्रमण टोलीले जनवादी गणतन्त्र ची राजधानी बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको संग्रहालयको अवलोकन गरेको थियो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस