२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

यात्रुवाहक रात्रीबस दुर्घटना, २५ बढी यात्रु घाइते

Road Accident

तुलसीपुर । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रीबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए ।

बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस