२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

इजरायलबाट ल्याइएका नेपाली विद्यार्थीको शवलाई अन्तिम श्रद्धाञ्जली

Last tribute to the body of Nepali student brought from Israel

५ कार्तिक, काठमाडौं । हमास–इजरायल युद्धमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । आइतबार बिहान आइपुगेको लोकेन्द्रसिंह धामी र दिपेशराज विष्टको शवलाई श्रद्धाञ्जली दिइएको हो ।

आशिष चौधरीको शव भने दिउँसो १ बजे आइपुगेको परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए। तेलअबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानूनी प्रक्रिया पूरा भएका चार शव फ्लाई दुबईको जहाजमार्फत् नेपाल पठाएको हो।

गएराति नै आइपुगेको न्यौपानेको शव भने पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । धामी र विष्टको शव पनि अब पोष्टमार्टमका लागि त्यहीँ लगिने बताइएको छ । शवको जिम्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाली सेनाले लिएको छ । अन्तिम श्रद्धान्जलि दिन परराष्ट्रमन्त्री एनपी साउद, नेपालस्थित इजरायलका राजदूत खनान गोडेर, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूलगायतको उपस्थिति थियो।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस