२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

एनआरएनएमा भाँडभैलो, पराजित समूहले बनायो समानान्तर कमिटी

A parallel committee was formed by the disaffected defeated group in the NRNA

५ कार्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गरेको समूहले राजेन्द्रकुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा गरेको छ।

यो कार्यसमिति नै आधिकारिक भएको उनीहरूको दाबी छ। समानान्तर कार्यसमितिको उपाध्यक्षमा डाक्टर केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी रहेका भने महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन्।

त्यसैगरी, महासचिवमा बुद्धी सुवेदी, उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला रहेका भने सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीबी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला रहेका छन्।

त्यसैगरी, कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना र सहकोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना रहेका छन्।

महिला सचिवमा विमला सापकोटा, महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी र महिला संयोजकमा देविका केसी गुरुङ रहेका छन्।

शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्टि जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए। निर्वाचित नेतृत्वले शनिबार नै पद तथा गोपनीयताको शपथ लिएको छ। निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट समूहले परराष्ट्रले हस्तक्षेप गर्नु पर्ने भन्दै प्रधानमन्त्रीसँग भेटेर गुहार मागेको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस