२०८२ फाल्गुन २८ गते बिहिवार | 2026 March 12th Thursday

‘स्याण्डी दाइ’ सन्दीप लामिछाने आएपछि टिम एकदमै ब्यालेन्स, हामी उत्साहित छौं : कप्तान पौडेल

After Sandeep Lamichhane came the team is very balanced we are excited Captain Paudel

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले स्पीनर सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएकाले विश्वकपका खेलका लागि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।’

भोलिदेखि काठमाडौंमा सुरु हुने टी–२० विश्पकपको एसिया छनोटमा नेपालले सिंगापुरसँग खेल्नेछ । खेलको अघिल्लो दिन त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईले सन्दीप खेलका लागि तयार रहेको जानकारी दिए ।v

कप्तान पौडेलले पत्रकार सम्मेलनमा नै भने, ‘स्याण्डी दाइ’ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।  यसै उत्साहित हुने कुरा नै भयो । नेपाली टिममा पाँच जना बलर छन्, कसलाई नखेलाउने भन्ने दुविधा हुन्न भन्ने प्रश्नमा उनले कन्डिसनअनुसार प्लेइङ–११ बारे निर्णय लिने बताएका छन् । प्लेइङ–११ मा सन्दीप लामिछाने भने अपरिहार्य जस्तै छन् ।’

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस