२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

सबैभन्दा प्रसिद्ध आकाश भैरव मन्दिरमा जुत्ता पसल र दर्ता बिनाका मोबाइल पसल : श्रद्धालु दुखी, महानगर मौन

Akash Bhairab Temple Nepal

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा अवस्थित आकाश भैरवको मन्दिर मुनि रहेका पसलहरु हटाइएको छ। गत बिहीबार झन्डै १७ वर्षअघिदेखि सञ्चालन भइरहेको पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो, उनले भने।

‘आकाशका देवता’ मानिने इन्द्रचोकको बीचमा रहेको आकाश भैरवको मुर्ति र मन्दिर सबैभन्दा प्रसिद्ध मन्दिरको रुपमा लिइन्छ । आकाश भैरवमुनि चार वटा लस्सी पसल सञ्चालनमा थिए । चार वटै लस्सि पसल हटाएर हाल जुत्ता र मोबाइल पसल सञ्चालनमा ल्याइएको छ। मन्दिर सञ्चालन समितिले बार्षिक १८ हजार भाडा लिने गरिएको बताउने गरे पनि पसल सञ्चालकहरुसँग बुझ्दा मासिक २५ देखि ८० हजार सम्म भाडा लिने गरेको खुलेको छ । मन्दिर द्वारा सञ्चालित पसलहरु दर्ता भए नभएका बिषयमा समेत समितिका पदाधिकारीहरु अनभिज्ञ रहेका छन् ।

मन्दिर मुनि जुत्ता पसल

प्रसिद्ध आकाश भैरवको मन्दिर मुनि धार्मिक सर सामग्रीकै व्यापार व्यवसाय गरिनु पर्ने स्थानीयको माग हुँदा हुँदै पनि आकाश भैरव सञ्चालन समितिका पदाधिकारीहरुले मनोमानी ढंगमा जुत्ता चप्पल लगायतका पसल राख्न दिएकोमा स्थानीय रुष्ठ छन् ।

दर्ता बिनाको मोबाइल पसल

आकाश भैरव सञ्चालन समितिले नै भाडामा लगाएको मोबाइल पसल दर्ता नै नगरी संचालन गरिरहेको पुष्टि भएको छ । विगत ४ बर्ष देखि आकाश भैरवको मन्दिरमा संचालित मोबाइल पसल प्यान, भ्याट कतै पनि दर्ता नभई संचालन गरिरहेको तथा मन्दिर सञ्चालन समितिलाइ मासिक ८० हजार तिर्दै आइरहेको स्रोतले बताएको छ ।

 

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस