२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

कतारका अमिर कात्तिक २० गते नेपाल आउँदै

Amir of Qatar is coming to Nepal on Kartik 20th

५ कार्तिक, काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी पहिलो पटक नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्।

कात्तिक २० गते कतारी अमिर शेखले नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। २ दिने भ्रमणका क्रममा अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन्। यसैगरी उनले अन्य उच्चस्तरीय भेटवार्ताको समेत तयारी छ।

कतारी अमिरको भ्रमणका अवसरमा केही महत्वपूर्ण विषयमा सम्झौताको गृहकार्य गर्ने भनिए पनि विषय खुलाइएको छैन। यसअघि २०७५ सालमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कतारको भ्रमणका क्रममा अमिर शेखतमिम विन हमाद अल थानीसँग भेटवार्ता गरेकी थिइन्।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस