२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

भूकम्पपछि ‘ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने खबर छ’ – धादिङ सीडीओ

५ कार्तिक, धादिङ । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पले ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको बताएका छन्।

गैह्रेले मानवीय तथा भौतिक क्षतिबारे भने कुनै जानकारी नआएको बताए।

उनले भने, ‘ठाउँठाउँमा पहिरो गएको र रुख ढलेको भन्ने जानकारी आएको छ। तर क्षतिको विवरण भने आएको छैन। हामी बुझ्ने प्रयास गरिरहेका छौँ। प्रहरीको टोली पठाएका छौं। उहाँहरु पुगेपछि केहि जानकारी आउला।’

आइतबार बिहान ७ः३९ बजे धादिङ, ज्वालामुखी गाउँपालिका-५ केन्द्रविन्दु गरी ६.१ रेक्टर स्केलकाे भूकम्प गएको थियाे ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस