२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

नेपालको अर्को चमत्कार : माल्दिभ्सविरुद्ध कुशल भुर्तेलले लिए सातौं विकेट

काठमाडौं । एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा माल्दिभ्सविरुद्ध खेलिरहेको नेपालले लगातार विकेट लिइरहेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भइरहेको खेलमा कुशल भुर्तेलले सातौं विकेट लिएका छन् । यसअघि सन्दीप लामिछानेले छैठौं विकेट लिएका थिए । त्यसअघि नेपालले मात्र २२ रन दिँदै ५ विकेट लिएको थियो ।

खेलमा सोमपाल कामीले पहिलो बलमा नै माल्दिभ्सका अजीन रफीकलाई बोल्ड आउट गराए । इस्माइल अलीलाई गुल्शन झाले बोल्ड आउट गराए । अविनाश बोहराले इस्माइल नाज़ुवान र रयान थोलालाई एल बी डब्ल्यूमा बोल्ड गरे । फरीद शियसलाईपनि कुशल भुर्तेलबाट अविनाश बोहराले नै बोल्ड गराए । सन्दीप लामिछानेले हसन रशीदलाई एल बी डब्ल्यू बोल्ड गराए । कुशल भुर्तेलले मुआवियाथ गनीलाई सातौं विकेटको रुपमा बोल्ड गराए ।

नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस