२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

एसियाली खेलकुद : क्रिकेटमा नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

हाङझाउ (चीन), असोज १४ । हाङझाउ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। आइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे। गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए। नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए।

विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए। यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो। आजको खेलमा नेपालले जित निकाले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ। क्वार्टरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश वा श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस